राष्ट्रिय स्वतन्त्र पाटीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । बिहीबार चन्द्रौटामा भएको भेलाले तदर्थ समिति गठन गरेको छ । भेलाले शिवराज नगर सभापतिमा वालकृष्ण पाण्डेलाई चयन गरिएको छ । यो तदर्थ समिति रहेकोले केही समय पछि पूर्णता दिने क्षेत्र न ३ का इन्चार्ज दीपक बेल्वासेले बताउनुभयो । जिल्लाका सबै पालिकाहरूमा सङ्गठन विस्तार गर्ने क्रममा रहेको बेल्वासेको भनाई छ ।
पछिल्लो समय नागरिकहरू राष्ट्रिय स्वतन्त्र पाटी प्रति आकर्षित भएको भन्दै अब देश समृद्ध बनाउने लक्ष्य सहित अघि बढेको उहाँले बताउनुभयो । चयन हुनुभएका सभापति पाण्डे कपिलवस्तुको पश्चिमी क्षेत्रका बौद्धिक युवा नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ नेपाली काँग्रेसका कपिलवस्तु संस्थापक सभापति नवराज पाण्डेका छोरा हुनुहुन्छ ।


प्रतिक्रिया