नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र )बिजयनगरको भेला सम्पन्न भएको छ भेलाले २१सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको अध्यक्ष मा नुरुल मुसलमान ,उपाध्यक्षमा सरिता अर्याल, नारायण कलवार ,अरबी हसन मुसलमान ,सचिवमा ध्रुब सापकोटा ,सह सचिवमा प्रभात न्यौपाने ,कोषाध्यक्ष सुनिता थारु लगायत सम्पुर्ण कमिटी गठन गरिएको इन्चार्ज अर्जुन सापकोटाले बताउनुभयो ।
संगठनलाई मजबुत बनाउन वडा स्तर हुदै टोलहरुमा पनि संगठन निर्माण गरिने सापकोटाले बताउनुभयो । नव निर्वाचित कमिटिलाई नागरिहरुको पक्षमा काम गर्न आग्रह गर्दै पाटीका एजेण्डा घरघरमा पुराउन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला संयोजक विष्णु बेल्वासे, नेताहरु रुद्र बन्जाडे,राजेन्द्र आचार्य,अर्जुन सापकोटा लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया