Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराज साझेदारी बनको कृष्णनगर ९ मा भेला सम्पन्न

शिवराज साझेदारी वन व्यवस्थापन समितिको कृष्णनगर नगरपालिका वडा ९ को भेला सम्पन्न भएको छ । समितिको निर्वाचनका लागी वडा बाट ७ जना सदस्य छनौटका लागी गरिएको भेलामा सर्वसम्मत रुपमा सदस्यहरु चयन भएका छन । वडा नं. ९ बाट शिवराज साझेदारी वनमा मनिष कुमार गुप्ता ,अजय कुमार महर्जन,सुभावती चौधरी,लक्ष्मी नाउँ,आशिस कुमार चौधरी,लालमान कुर्मीलाई चयन गरिएको छ । सुखरापुर बाट एक जना महिलालाई थप गर्ने सहमती पनि भएको छ ।
्शवराज साझेदारीको कार्यक्षेत्र रहेको शिवराज नगरपालिकाका ७ वटा वडाहरु वडा नं. २, ५,६,७ र ८ कृष्णनगर नगरपालिकाको ३ वटा वडाहरु वडा नं. ५,८ र ९ मा वडा भेला गराई प्रत्येक वडा बाट ७ जना सदस्य छनौट गरि कुल ५६ जना मध्येबाट कार्यसमिति गठन गरिने सहायक बन अधिकृत प्रेम संकर गुप्ताले बताउनु भयो । वडा नं.९को भेलामा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma