Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजका घाँस उत्पादक किसानलाई अनुदान

माधव बेल्वासे
चन्द्रौटा,कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका घाँस उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । पशु सेवा कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत नगर भित्रका घाँस उत्पादन गरेका किसानहरूलाई कट्ठाको दरले अनुदान दिने नगर प्रमुख अजय थापाले बताउनुभयो ।


नगरपालिका कृषि तथा पशु विकास समितिले शुक्रवार वडा न ३ र ११ का किसान सँग भेट गरी उत्पादनको आधारमा अनुदान दिने जनाएको छ । किसानहरूले मेहनत गरेमा नगरले अनुदान प्रदान गर्ने समितिका संयोजक नेत्र प्रसाद बेल्वासेले बताउनुभयो । नगरपालिकाले वास्तविक किसानको खोजी गरिहरेकोले काम गरेको खण्डमा नगरको सेवाबाट वञ्चित हुनु नपर्ने जिकिर गर्नुपर्ने । कतिपय किसानहरूले निवेदन दिँदा धेरै जग्गाको विवरण पेस गरेको समेत पाइएको बेल्वासेले बताउनुभयो ।
शिवराज नगरपालिका भित्रका १ सय ८९ जना किसानले घाँस उत्पादन गरेर नगरमा निवेदन दिएको पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताउनुभयो । प्रतिकट्टा रु १५ सयका दरले अधिकत ७ कट्ठा सम्मलाई अनुदान दिने उहाँले बताउनुभयो । नगरका सबै वडाका किसानलाई समेटेर अनुदान वितरण गरिने उहाँले बताउनुभयो । अहिले निवेदनको आधारमा अनुगमन भइरहेको बताउँदै यस पश्चात् किसानको खातामा रकम जम्मा गरिदिने खनालले बताउनुभयो । नगरपालिकाले नयाँ कार्यको सुरुवात गरेकामा किसान हर्षीत भएका छन् ।


शिवराज नगरपालिका पशु विकास शाखाले यस वर्ष पशु सुत्केरी कार्यक्रम,गाइभैंसी प्रवर्द्धन अन्तर्गत गोठ सुधार,दुधडेरी सुधार कार्यक्रम,दुध उत्पादनको आधारमा अनुदान लगायतका कार्यक्रम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma