Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजका कुखुरापालक किसानलाई तीन दिने तालिम

कपिलवस्तुको शिवराज नगरपालिका पशु विकास शाखाले कुखुरापालक किसानलाई तालिम दिएको छ । तीन दिन सम्म चलेको तालिममा नगरभित्रका २५ जना कृषकहरुको सहभागिता रहेको छ । कुखुरापालनका सुरुवाती चुनौती,व्यवस्थापन,कुखुरामा लाग्ने रोग,बजारीकरण कुखुरापालनबाट आम्दानी बढाउने उपायको बारेमा जानकारी दिएको पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताउनुभयो । कृषकहरुलाई तालिम नहुँदा उपलब्धी कम हुने गरेकोले तालिम प्रदान गरिएको खनालले बताउनुभयो ।
समापनमा बोल्दै खनालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । चन्द्रौटा दुर्गामन्दिरमा भएको तालिमबाट दैनिक रुपमा गर्दै आएको कामलाई थप सहजता भएको सहभागिहरुले बताएका छन् । सुरुवाती चरणमा आम्दानी हुने भएपनि केहि समय पछि कुखुरापालन छोड्नुपर्ने अवस्था हाम्रो भएकाले यसमा सहजताको लागि स्थानीय र प्रदेशले ध्यान दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma