Developed By Kuldeep Sharma

२ महिना अगाडि

कांग्रेस शिवराजद्वारा स्ववियु पदाधिकारीलाई सम्मान तथा बधाइ

चैत ०९ कपिलवस्तु

नेपाली कांग्रेस शिवराज नगर समितिले स्ववियुमा निर्वाचीत पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरबाट निर्वाचीत भएका नेबिसघका बिद्यार्थीहरुलाइ बधाई ज्ञापन गरेको नगर सचिव बिष्णु पोख्रेलले बताउनुभयो । नबनिर्वाचित पदाधिकारीहरुलाइ कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खनाल , जिल्ला सचिव प्रेमबहादुर रायमाझी , जिल्ला सदस्य हरिप्रसाद पोख्रेल , केसब पाण्डे , पुर्व सचिव बिनोद नेपाल , नगर सभापति मधु सुदन पोख्रेल , नेबिसघ पुर्व जिल्ला उपसभापति मधुसुदन कोइराला लगाएतले टीका माला र खादाले सम्मान गर्नुभएको थियो । जिल्ला उपसभापति हुमाकान्त खनालले क्याम्पसमा अध्ययनरत सबै बिधार्थिको हकहितमा काम गर्न निर्देशन दिनुभयो । उहाले बिधालयमा सरसफाइ , बिधालयमा भएका समस्या लगाएतमा एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । यस्तै सचीव प्रेमबहादुर रायमाझीले सफल कार्यकालको सुभकामना व्यक्त गर्दै बिधार्थिको हितमा काम गर्न सुझाउनुभयो । स्ववियु सभापति राकेस कुमार वरइले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । कार्यक्रम नगर सभापति मधुसुदन पोख्रेलको सभापतित्व , कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खनालको प्रमुख आतिथ्यता , नेबिसघ पुर्व जिल्ला उपसभापति मधुसूदन कोइरालाको स्वागत र सचिव बिष्णु पोख्रेलको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma