Developed By Kuldeep Sharma

२ महिना अगाडि

ग्लोबल आइएमई वैकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंक चन्द्रौटा शाखाले नेपाल आदर्श बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको हो ।
कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिएको चन्द्रौटा शाखा प्रमुख माधव उपाध्ययले बताउनुभयो ।


कार्यक्रममा बैंकको कर्जा शाखा प्रमुख माधव बेल्वासेले बैंकको सेवा सुविधाका फाइदा, यसले ल्याएको अवसर र यसका समस्या समाधानका विषयमा केन्द्रित रहेर उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उक्त कार्यक्रममा नेपाल आदर्श बहुमुखी क्यापसका प्रमुख हेमराज शर्माको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma