Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजमा निजि स्रोतका शिक्षकहरुद्धारा सर्घष समिति गठन

कपिलवस्तु शिवराज नगरपालिकाका निजी स्रोतका शिक्षकहरु आन्दोलित भएका छन । शिवराज नगरपालिकाले निशुल्क शिक्षा प्रदान गर्ने भन्दै शिक्षकवाट हटाउन लागेकोले निजी शिक्षकहरुले सर्घष समिति गठन गरेका छन् ।

निजि श्रोतमा अध्ययपन गराईरहेका शिक्षकहरुको ठांउमा नगरपालिकाले स्वेयमसेवक शिक्षक भर्नाको सुचना आवहान गरेपछि उनीहरु आन्दोलनमा उत्रीएको वताएका छन । राष्ट्रिय मावि चन्द्रौटामा भेला भएका नगरका शिक्षकहरुले प्रताप चौधरीको संयोजकत्वमा ४३ सदस्यीय सघर्ष समीती समेत गठन गरेका छन । विना कारण निजि श्रोतका शिक्षकहरु हटाउन नहुने माग गर्दै चरणवद्ध सघर्षको लागि समिति वनाएको वताएका छन ।
नगरले आवहान गरेको सुचना खारेज गर्नुपर्ने र निजि स्रोत बाट रहेका शिक्षकहरुको रोजगारी खोस्ने काम गरेमा त्यसको शसक्त प्रतिकार गर्ने संयोजक प्रताप चौधरीले बताउनुभयो । थोरै पारिश्रमिक लिएर वर्षै देखि काम गरिरहेका शिक्षकहरुलाई हटाउनुले कुनै सकारात्मक नहुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma