नवराज पौडेल कपिलवस्तु,,
चैत २३ गते विहीबार,,
कपिलवस्तुको शिवराज नगरपालिका ५ चैनपुरमा नयां वर्ष विशेष सास्कृतिक साँझ कार्यक्रम हुने भएको छ । चैनपुरमा अवस्थित होटेल लक्जरीको आयोजनामा यही चैत ३० गते सांझ ६ बजे देखि कार्यक्रम सुरुहुने होटेल लक्जरीका व्यावस्थापक चिरनजिवी थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा भाइरल भेलु बाजे, चर्चित लोकपप गाएक अर्जुन कौशल, राष्ट्रिय लोक दोहोरी गाएक चित्र अविरल श्रीपाली,गायिका कुसम परियार,डान्सर ऐश्वर्या पौडेल, मैना मगर तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । त्रिष्टल बोट्लर्स प्रा.लि को मुख्य प्रायोजनमा संचालन हुन लागेको सास्कृतिक सांझ कार्यक्रम २०८० मा रु १०००। को टिकटमा निशुल्क विभिन्न खानाका परिकार समेटिएको थापाले बताउनुभयो । कार्यक्रमलाई सफलपार्न सम्पुर्णलाई सहभागिताका लागी होटेल लक्जरी परिवारले अनुरोध गरेको छ ।


प्रतिक्रिया