कपिलवस्तुको शिवराज नगरपालिका कार्यापालिकाको वैठक अवरुद्ध भएको छ । नगरपालिकाको ११ औँ कार्यपालिकाको वैठकमा निर्णय विपरित काम भएको भन्दै वैठकको विचमै सदस्यहरु उठेर हिडेका छन् । नगरपालिकाले वैठकलाई सामाजिक संजालमा लाइभ गरेको र उक्त लाइभमा प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्ष विच चर्काचिर्की भएको थियो । उपभोक्ता र ठेक्का बाट गरिने कामको बारेमा केहि समय चर्काचर्की पछि वैठक अवरुद्ध भएको हो ।
प्रमुख प्रशासकिय अधिकृतले मनोमानि गरेको हुँदा वैठकले पूर्णता नपाएको एक सदस्यले बताए । सडक आरसिसि र पिसिसि निर्माण समेत प्राविधिक त्रुटीहरु देखिएको भन्दै आलोचना भएको थियो ।


प्रतिक्रिया