Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुको तीन हजार हेक्टर वन डढेलोले सखाप

कपिलवस्तुको तीन हजार हेक्टर वन क्षेत्र डेढेलोले सखाप पारेको छ । चैत्र र बैशाख महिनामा गरि जिल्लाको तीन हजार वन क्षेत्रमा डढेलो लागेको हो ।डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल प्रमुख विजयराज सुबेदीका अनुसार जिल्लामा तीन हजार बढी वन क्षेत्रमा यस बर्ष डढेलो लागेको छ ।

जिल्लामा गएका दुई बर्ष आगो नियन्त्रण हुँदै आएको भएपनि यो बर्ष आगो नियन्त्रण गर्न नसकिएको सुबेदीले बताए ।‘गएको दुई बर्षमा आगलागी नियन्त्रणमै रहेको देखिन्छ । गत बर्ष जम्मा तीन सय हेक्टरमा मात्र आगलागी भएको थियो, कार्यालय प्रमुख सुबेदीले मायादेवीसंग भने’, यो बर्ष वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन सकिएन् ।’

दुई बर्ष यता वन क्षेत्रमा आगलागी नियन्त्रणमा रहनु, यो बर्ष पानी कम पर्दा वन क्षेत्रमा आगो लागेको वनका कर्मचारी बताउँछन् ।जिल्लामा यो बर्ष सबैभन्दा बढी डढेलो तिलौराकोट साझेदारी वनको उत्तरी क्षेत्रमा लागेको छ । त्रिशुली सामुदायिक वन गोरुसिंगेमा पनि बढी आगलागी भएको वन कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma