Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अस्वस्थ खानपान र जीवनशैलीका कारण उच्च रक्तचापको जोखिम बढ्दै

काठमाण्डौ – नेपाल आयल निगमले डेढ महिनामा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएको छ ।

गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको छ ।

तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् छ । अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो ।

चैत २० गते अघि डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो । त्यसबेला डिजेलको मूल्य घट्दा पनि सार्वजनिक यातायातको भाडा घटेको थिएन ।

यातायात व्यवस्था विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो ।

वैज्ञानिक प्रणालीअनुसार डिजेलमा ५ रुपैयाँ घट्दा सार्वजनिक यातायातको भाडा दर स्वतः कम हुनुपर्ने हो, तर भाडा नघट्दा यात्रु र उपभोक्ता मारमा पर्दै आएका छन् ।

डिजेलको मूल्य प्रत्यक्ष उपभोक्तासँग नै जोडिन्छ । मूल्य बढ्दा ढुवानी भाडा बढ्छ भने त्यसको प्रत्यक्ष प्रभाव सबै ढुवानी सेवादेखि खाद्य वस्तुसम्ममा पर्छ ।

डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेको अवस्थामा सार्वजनिक गाडीको भाडा पनि घटाउने गरी गृहकार्य भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उज्यालोलाई दिएको जानकारी अनुसार आज नै सार्वजनिक गाडीको भाडा समायोजन गर्ने तयारी छ ।

यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma