Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विजयनगर महोत्सव (फोटो फिचर)

कपिलवस्तु –
विजयनगर समाजको आयोजनामा शंकरपुर खेलमैदानमा जेठ ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवको हिजो भव्य रुपमा उद्धाछन भएको छ ।

‘समुन्नत विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उधोग ’ र साँस्कृतिक हाम्रो पहिचान भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको छ । बिहीबार साँझ विभिन्न संस्कृति झल्काउने सांस्कृतिक झाँकी, टोल समिति, विद्यालय तथा विभिन्न संघसंस्थाका ¥यालीसहित महोत्सवको उद्घाटन गरिएको मेला मूल आयोजक समितिका संयोजक राम प्रघट कोरीले बताएका छन् ।


मेलाको समुद्घाटन लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले गर्ने गर्नुभएको हो । महोत्सवमा केन्द्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । यस्तै जेठ ५ गते शुक्रबार बाल गायक सुप्रिम मल्ल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसमेत रहने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma