Developed By Kuldeep Sharma

१२ महिना अगाडि

कृष्णनगरमा कुल बजेटको ४२ प्रतिशत खर्च

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आर्थिक बर्ष ०७९÷८०को कुल बजेटको ४२ प्रतिशत रकम खर्च गरिसकेको छ । नगरपालिकाको चालु खर्च तर्फ कुल ४८ करोड २८ लाख १४ हजार ५ सय मा ५२ प्रतिशत रकम खर्च भइसकेको छ भने पुजिगत तर्फ ३९ करोड ३९ लाख १० हजार ५ सय रहेकोमा ३० प्रतिशत खर्च भएको छ ।

कृष्णनगर नगरपालिकामा आर्थिक बर्ष ०७९÷०८० मा संशोधित र थप गरी कुल ८७ करोड ६७ लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाको विनियोजित बजेट बाहेक प्रकोप व्यवस्थापन कोषमा ६२ लाख ४३ हजार, बहादुरगंजमा रहेको शिवराज अस्पतालको लागी २ करोड १० लाख २० हजार र कर्मचारी कल्याणकारी कोषमा ४९ लाख रकम रहेको लेखा शाखा प्रमुख मनिस पाण्डेले जानकारी दिनु भयो ।

नगरपालिकामा संघिय समानिकरणको अनुमानित आम्दानी १८ करोड २२ लाख मध्ये हाल सम्म १५ करोड ९४ लाख २५ हजार आम्दानी भएको छ । संघिय राजश्व बाडफाडमा १३ करोड २१ लाख ४१ हजार अनुमानित आम्दानी मध्ये ७ करोड ३८ लाख ९० हजार रकम आम्दानी भएको पाण्डेले बताउनु भयो । प्रदेश समानिकरण तर्फ अनुमानित आय १ करोड ३ लाख १० हजार गरिएकोमा ७७ लाख ३२ हजार ५ सय आम्दानी भएको छ । प्रदेशको राजश्व बाडफाड तर्फ १ करोड ४२ लाख ९४ हजार अनुमाानित आय रहेकोमा १ करोड २ लाख २८ हजार खर्च आम्दानी भइसकेको छ । यस्तै २ करोड २५ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको पालिकाले १ करोड ५० लाख राजश्व जम्मा भई सकेको लेखा शाखा प्रमुख पाण्डेले जानकारी दिनु भयो ।

राजश्व बाडफाड, प्रदेश समानिकरण र संघिय समानिकरणको बजेटमा रकम घटेर आउदाँ पालिकाले बनाएका योजनाहरु प्रभावित हुने प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनु भयो । नगरपालिकाले आनुमानित आयको आधारमा योजनाहरु निर्माण गरेकाले आम्दानी घट्दा योजनाहरुमा प्रभाव पर्ने उहाँले बताउनु भयो ।

यस बर्ष बजेट अभावले सम्पन्न गर्न नसकिने योजनाहरुलाई अर्को आर्थिक बर्षमा प्राथमिकताको आधारमा समावेश गरि संचालन गरिने नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो । यस आर्थिक बर्षमा ९ सय ४७ वटा योजनाहरु रहेकोमा हाल सम्म ६० वटा योजनाको काम सम्पन्न भई भुक्तानी समेत भइसकेको छ । १ सय ९९ वटा योजनाहरु सम्झौता भई संचालनमा रहेको योजना शाखा प्रमुख साकिर अहमदले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma