कपिलवस्तु –
युवा वर्गलाइ उद्यमशिलतामा जोड्नका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यापर संघ कपिलवस्तु, कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था, रोट्याक क्लब अफ कपिलवस्तु लगायत सस्थाको संयुक्त आयोजनामा युवा वर्गलाइ उद्यमशिलतामा जोड्नका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा वयापार सघंका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेब पोख्रेलले युवा वर्गलाइ व्यवसायिक बनाउनका लागि तालिम र प्रशिक्षण आवश्यक रहेकोमा जोड दिनुभयो ।
युवाहरुलाइ विदेश पलायनबाट रोक्न देशमा व्यवसायिक वतावरण तयार गर्न समाजका अगुवाहरुको हात महत्वपुण हुने उल्लेख गर्नुभयो । स्वच्छ व्यवसायि महासघंका जिल्ला कार्यक्रम प्रबन्धक बासुदेब घिमिरेले कार्यक्रमको सहजिकरण गर्दै युवा युवतिका लागि व्यवसायिक क्षेत्रमा आउनका लागि समस्या र समाधानका लागि के के गर्न सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्थाका अध्यक्ष जगत पौडेल, रोट्याक क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट गोपाल बन्जाडे, कृषि सहकारी लुम्बिनी प्रदेश संयोजक शिवराज सुवेदि, मौरी पालक सघं कपिलवस्तुका अध्यक्ष नारायण प्रसाद पौडेल, रोट्याक क्लब अफ कपिलवस्तुका बोर्ड मेम्वर विष्णु पाण्डे लगायतले व्यवसायिक क्षेत्रका समस्या र युवालाइ व्यवसायमा ल्याउनका लागि खेल्नुपर्ने भुमिका विषयमा भनाइ राखेका थिए । कार्यक्रममा शिवराज र विजयनगर क्षेत्रका २५ जना युवा युवतिको सहभागिता रहेको थियो ।



प्रतिक्रिया