Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिबराजले राख्यो बिद्यालयमा सुझाव पेटिका

नवराज पौडेल चन्दौटा
कपिलवस्तुको शिवराज नगरपालिकाका सामुदायिक बिद्यालयमा सुझाव पेटिका राखिएको छ । नगरमा निशुल्क शिक्षा सुरु भए पछि नगरभित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा सुझाव पेटिका राखिएको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो । बिद्यालयमा राखिएको सुझाव पेटिकामा अब बिद्यार्थीहरुले कुनै पनि शिक्षक समयमा विद्यालय नआएमा, राम्रोसँग विद्यार्थीलाई बुझ्ने गरि नपढाएको र बिद्यालयमा हुने गरेका अन्य क्रियाकलाप लाई विद्यार्थीले शिक्षको नाम लेखी सुझाव पेटिकामा राख्न आग्रह गर्नुभएको छ । विद्यार्थीले भने आफ्नो नाम लेख्न नपर्ने बताउदै हरेक बिद्यालयको सुझाव पेटिका नगरपालिकाको कार्यालयमा सम्पूर्ण जनप्रतिनिधि मिडियाकर्मीहरुको बिचमा खोली समयमा बिद्यालयमा नआएको, राम्रोसँग नपढाएको पाइएमा नगरपालिकाको नियम अनुसार स्पष्टीकरण माग सहित कार्बहारी गरिने थापाले बताउनु भयो । खासगरि शिवराज नगरपालिकामा निशुल्क शिक्षा लागू भएकोले यस्लाइ सफल बनाउन नगरका सम्पुर्ण अभिभावक, बिद्यालय ब्यावस्थापन समिति का पदाधिकारी संगै आम नागरिकले समेत आफ्ना छोराछोरीले अध्यन गर्ने बिद्यालयमा निगरानी राखी सुझाव सल्लाह दिन उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma