कृष्ण थापा
शिवराज नगरपालिका ४ वनकटटीमा पुर्ण मापदण्डको मासु पसल संचालन गरिएको छ । भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कपिलवस्तुको दुई लाख र संचालक सिता घर्तीको दुइ लाख गरी कुल चार लाखको लगानीमा मासु पसल संचालनमा ल्याईएको हो ।
मासु पसल सुधार कार्यक्रम अन्तरगर्त व्यवस्थीत मासु पसल संचालनमा ल्याएको संचालक घर्तीले वताउनुभएको छ । असल अभ्यास सहितको मासु पसल सुधार , बधस्थल निर्माण , बधस्थलमा पानी आपुर्तीको लागी टयाङकी खरिद , कुखुरा भुत्लाउने मेसिन खरिद र वासको अत्याधुनीक अचानो खरिद गरिएको मासु पसलका व्यवस्थापक घर्तीले वताउनुभयो । शिवराज नगरकै नमुना मासु पसल संचालनमा आएको शिवराज नगरपालिकाका पशु विकास साखाका प्रमुख धनेश्वर खनालले वताउनुभएको छ । नगर भित्र रहेका अन्य मासु पसललाई पनि विस्तारै व्यवस्थीत गरिदैं लगीने प्रमुख खनालले वताउनुभयो ।
उहांले खुला स्थानमा मासु विक्रि वितरण गर्नुले स्वास्थ्यमा असर सिर्जना गर्ने भएकाले व्यवस्थीत ठांउवाट मात्र मासु खरिद गर्न सुझाव व्यतm गर्नुभयो । निर्माण सम्पन्न भएको मासु पसलको सार्वजनीक सुनुवाई कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा शिवराज नगरपालिका वडा न ४ का वडा अध्यक्ष नसिम अहमद खां , व्यवस्थीत मासु पसल हुनु एकदमै सकारात्मक भएको वताउनुभएको छ ।


प्रतिक्रिया