Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कृषकहरुका लागि सन्तुलित आहारा सम्बन्धि तालीम

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा २ दिने पशुपालक कृषकहरुको सन्तुलित आहारा सम्बन्धि तालीम सुरु भएको छ ।
वडा नम्बर ९ को आयोजनामा २दिने तालिम सुरु भएको पशु बिकास सेवाका अधिकृत धनिश्वोर खनालले जानकारी दिनु भयो ।

कृषक र विज्ञलाई एकै ठाउँमा राखेर गरिएको कार्यक्रममा पशु आहार तथा अहिले देखा परेका रोग र उपचार सम्बन्धि छलफल भएको थियो । थियो ।

कार्यक्रममा बोल्दै अधिकृत खनालले हाल पशुमा देखिएका विभिन्न रोगले गर्दा धेरै कृषक चिन्तित हुनु भएको छ तर चिन्ता लिनु भन्दा पनि आफ्ना पशु चौपायालाई कसरी रोग लाग्नबाट बचाउने भन्नेमा चनाखो हुनुपर्ने बताउदै पशुको आहारमा विशेष ध्यान पुर्याउन आग्रह गर्दै यदि रोग लागिहालेमा पशु प्राविधिक र पशु चिकित्सकको सल्लाह लिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma