Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

२० जनालाई कम्प्युटर तालिम

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका वडा १० जना २० जना किशोर किशोरीलाई कम्प्युटर तालिम दिइएको छ । शिवराज नगरपालिकाको सहयोगमा तीन महिना सम्म लालपुरमा सञ्चालन भएको थियो । राइटस्टेप एजुकेसन एकेडेमीको प्राविधिक सहयोगमा भएको तालिममा सहभागीले तालिम उपलब्धि मूलक भएको बताएका छन् ।
सोमवार तालिम समापन गर्दै वडा अध्यक्ष मन्जु मिश्रले अहिलेको प्रविधिको युगमा कम्प्युटर शिक्षा अनिवार्य रहेको जिकिर गर्नुभयो । हरेक ठाउँमा कम्प्युटर शिक्षा आवश्यक हुने भएकोले वडा मार्फत उक्त कार्यक्रम छनोट गरिएको बताउनुभयो । सहभागीहरूको अनुरोधमा स्वीकार गर्दै आगामी दिनमा ६ महिनामा कम्प्युटर तालिम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
वडा अध्यक्ष मिश्रले आफूले सोचे जस्तो नगरपालिकाले सहयोग नगरेको दुखेसो पोख्नुभयो । आफूले हरेक सममा नागरिकहरूको पक्षमा वकालत गर्दै आएको बताउँदै नगरले वडालाई बेवास्ता गर्ने गरेको बताउनुभयो । उहाँले आगामी वर्ष पनि विभिन्न तालिम तथा कार्यक्रम राखिएको भन्दै वडावासीलाई शिक्षित तथा आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।
राइटस्टेप एजुकेसन एकेडेमी निर्देशक कृष्ण पौडेलले तालिममा सहभागी भई परीक्षामा उत्कृष्ट हुने एक जनालाई निःशुल्क एक वर्षे पिडिआइसिए कोर्ष प्रदान गर्ने बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थीहरूलाई हरेक वर्ष छात्रावृती प्रदान गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma