Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

राष्ट्रियसभाको बैठक आज पनि बस्दै

काठमाडौं – राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक टेबुल हुने भएको छ।

दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० टेबुल गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा विनियोजन विधेयकका विभिन्न मन्त्रालय शीर्षकमा छलफल हुने संसद सचिवालयले जनाएको छ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा विनियोजित बजेटमाथि छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma