माधव बेल्वासे
कपिलवस्तु,२० असार
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ का १३ जनालाई जस्तापाता वितरण गरिएको छ । वडा भित्र बसोबास गर्ने फुसको घर भएकाहरूलाई जस्तापाता वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । आगलागीबाट बच्न,वर्षेनी छाइरहने झन्झटबाट मुक्त गराउन जस्ता वितरण गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाको ११ औ नगर सभाबाट स्वीकृत वडा स्तरीय योजना तथा कार्यक्रम अन्तर्गत अति विपन्न गरिब परिवारलाई जस्तापाता वितरण गरिएको हो । प्रति घरपरिवारलाई तीन बन्डलका दरले वितरण गरिएको हो । जस्तापाता वितरण गर्दै सापकोटाले फुसले छाएको ठाउँमा जस्तापाता लगाउन आग्रह गर्नुभयो ।
विगतका वर्षहरूमा कतिपयले जस्तापाता लैजाने तर नछाउने गरेको पाइएकोले यस पटक त्यस्तो हुन नदिने उहाँले बताउनुभयो । ‘वडाले गरिब विपन्न नागरिकहरूलाई प्रत्येक वर्ष वितरण गरिरहेको छ, सापकोटाले भन्नुभयो– ‘वडालाई फुस छानो मुक्त बनाउने योजना स्वरूप जस्तापाता वितरण गरेका छौँ,।’ वडाका बलुहवा,वसन्तपुर,भितिरिया,कटुवा,मदवा,हचुवा लगायतका गाउँका विपन्न तथा दलित परिवारलाई वितरण गरिएको हो ।


प्रतिक्रिया