Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मनकामना सामुदायिक बन द्वारा बृक्षारोपण

कपिलवस्तुको शिबराज नगरपालिका वडा न १ मा रहेको मनकामना सामुदायिकले बन क्षेत्र भित्र पनि खाली जग्गामा बृक्षारोपण गरेको छ । सामुदायिक बनले करिब ५ हेक्टर बन क्षेत्र भित्र पर्ने खाली जग्गामा बृक्षारोपण गरेको हो । बिहिबार वडा न १ मा पर्ने महुवा पोखरा छेउको करिब डेढ हेक्टरमा तारबार गरि बृक्षारोपण गरिएको मनकामना सामुदायिक बनका अध्यक्ष राम बहादुर के सिले बताउनु भयो । यो आर्थिक बर्षमा सामुदायिक बनले बन क्षेत्र भित्र पर्ने विभिन्न ठाउमा करिब ५ हेक्टर जमिनमा बृक्षारोपण गरि तारबार गरेको बताउनु भयो । डिभिजन बन कार्यालय गौतमबुद्व कपिलवस्तुले दिएको ३९ सय विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको अध्यक्ष केसि बताउनु भयो । बन संरक्षण गर्नका लागि खाली क्षेत्रमा बिरुवा रोपेर तारबार गरिएको उहाले बताउनु भयो । मनकामना सामुदायिक बनले यो बर्ष महुवा १ हजार ७ सय , टिक मसला २ हजार र बासका २०० बिरुवाहरु रोपिएको उहाले जानकारी दिनु भयो । बृक्षारोपण गरिएका बिरुवाहरु जोगाउन तारबार र हेरालु राखिएको अध्यक्ष के सि ले जानकरी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma