कपिलवस्तुको शिवराज साझेदारी बन व्यवस्थापन समितिले वन व्यवस्थापन कार्ययोजना तयारी तथा कार्यान्वयन सम्बन्धी सरोकारवाला विच अन्तरक्रिया गरिएको छ । साझेदारीको पछिल्लो अवस्था र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । वन क्षेत्रको अवस्थाको बारेमा सहायक वन अधिकृत प्रेमशंकर गुप्ताले जानकारी गराउनुभएको थियो ।
बन अतिक्रमण नियन्त्रण,आगलागि नियन्त्रण,वृश्रारोपण लगायतको विषयमा आगामी योजनको बनाएर प्रभावकारी रुपमा काम गर्नुपर्नेमा साझेदारी बनका सदस्यहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष हरि पोख्रेलले वन जोगाउन सबै पक्षको सहयोग र साथ आवश्यक रहने बताउनुभयो । बन ऐन अनुसार काम हुने बताउँदै पोख्रेलले नियमविपरित काम गर्ने छुट कसैलाई नभएको जिकिर गर्नुभयो । साझेदारी वनका संस्थापक अध्यक्ष जगदम्बा प्रसाद चौधरीले शिवराज साझेदारी बनको इतिहास र हालसम्म गरेका कामको बारेमा बताउनुभएको थियो


प्रतिक्रिया