Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

गर्भवती र सुत्केरी महिलाको हवाइ उद्दारका लागि बजेटको कमी छैनः मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्दारमा बजेट अभाव नरहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने बताए।

सरकारले हालसम्म ५३६ जनाको हवाइ उद्धार गरिसकेको जानकारीसमेत दिएका छन्।

मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडी बढिरहेको पनि बताए ।

उनले मन्त्रालयले दिएको सशर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिने समेत बताए।

– seto pati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma