Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

दाहालको निधनप्रती शिवराजमा शोक सभा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवराज नगरसमितीले शोक सभा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकि पत्नी सीता दाहालको निधन प्रती आइतबार पार्टी कार्यालयमा शोक सभा भएको हो ।
शोक सभालाइ सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य अर्जुन सापकोटाले माओवादी आन्दोलन र मुलुकलाई अहिलेको अवस्थामा सम्म ल्याउन सीता दाहालको महत्त्वपूर्ण भुमिका रहेको थियो । भुमिगत समय देखि अहिले सम्म पार्टी लाई महत्त्वपूर्ण सहयोग गरेर दाहाल कार्यकर्ताको मनमा अमर रहेको बताउनुभयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई पारेको शोकलाई शक्तीमा बदल्नुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा नगर इन्चार्ज दिनेश पुनले सीता दाहाल प्रती श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन प्रति समवेदना प्रकट गर्नुभयो ।
शोक सभामा उपस्तिथ नेता कार्यकर्ताले दाहालको फोटोमा अविर तथा माल्यापर्ण गरेला थिए । नगर उपाध्यक्ष सीता बुढाथोकी सरलाको अध्यक्षता सचिव रबिन्द बुढाथोकी आकाशको सचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma