कपिलवस्तुको शिवराज नगरपालिका ११ वटै वडामा भदौ १६ गते नेकपा माओवादी केन्द्रको तीन महिने अभियान एकै साथ उद्धघाटन हुने भएको छ । केन्द्रिय अध्यक्षद्धारा उद्धघाटन हुने उक्त अभियानमा शिवराज सबै वडामा जुम मार्फत एकै पटक उद्धघाटनको तयारी पुरा भएको नगरसमितिका कार्यवाहक अध्यक्ष चिन्ता परियारले बताउनुभयो । वडामा विभिन्न ठाउँमा प्रोजेक्टर लगाइएको र जुम मार्फत दिउसो १२ बजे हुने उद्धघाटन सत्रमा सबैलाई सहभागि हुन परियारले आग्रह गर्नुभयो । आज उक्त उद्धघाटनको लागि तयारी वैठक समेत बसेको छ । शिवराजका सबै वडाहरुमा वडाकै आयोजनामा केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन हुने बताइएको छ ।
केन्द्रिय सदस्य भिम कुमारी बुढा मगरले पार्टीलाई मजबुत बनाउन गाउँ गाउमा माओवादी जन जनमा माओवादी भन्ने नारा सहित फेरि माओवादी जनताको माझ फर्केको बताउनु भयो । दलित,महिला,गरिबको हक अधिकार को पक्षमा लड्दै आएको माओवादीलाई पछिल्लो समय केही शक्तिहरुले चौतर्फी घेराबन्दी गर्दै असफल बनाउन लागि परेको भन्दै ती शक्तिका विरुद्ध जनता माझ सत्य कुरा के हो बुझाउन जरुरी रहेको मगरले बताउनु भयो । तीन महिना सम्म चल्ने उक्त अभियानमा जनताको घरघरमा पुगिने जिल्ला सचिव हजरत अलिले बताउनुभयो ।


प्रतिक्रिया