शिवराज नगरपालिकाले नयाँ एम्बुलेन्स उद्धाटन गरि संचालनमा ल्याएको छ । नगरपालिकाले भारतिय राजदुतावासको सहयोग तथा पुर्व माननिय अभिषेक प्रताप शाहको पहलमा एम्बुलेन्स प्राप्त गरि संचालनमा ल्याएको हो । बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्देश्यले निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएको नगर प्रमुख अजय थापाले बताए । नगरले शव वाहनको पनि व्यवस्था गरेको थापाको भनाई छ
थापाले नगरभित्र रहेका गर्भवति महिलाहरुलाई निशुल्क सेवा र नगरभित्र हुने कुनैपनि आकस्मिक घटनामा एम्बुलेन्सले निःशुल्क सेवा दिने छ । नगरभित्रका कुनैपनि ठाउँमा दुर्घटना जस्ता आकस्मिक घटना भएमा उक्त घटनामा नगरको एम्बुलेन्सले सेवा दिने थापाले बताए । गर्भवती महिलाहरुलाई निशुल्क सेवाले नगरवासीलाई ठूलो राहत पुग्ने उउप्रमुख शिवकुमारी थारुले बताइन् ।स्वास्थ्य संस्थासम्म पुग्न पैसा नहुँदा धेरै मान्छेहरु उपचार सेवाबाट बञ्चित भइरहेको अवस्थामा पैसाका कारण कोही उपचार सेवाबाट बञ्चित हुन नपरोस भनि नगरले एम्बुलेन्स संचालनमा ल्याएको वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए । यो सहित नगरमा पाँच वटा एम्बुलेन्स संचालनमा रहेका छन् ।



प्रतिक्रिया