कपिलवस्तु -माओवादी केन्द्र अन्य पार्टी भन्दा फरक रहेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनु भयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय सर्कुलर बमोजिम पार्टीले संचालन गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सोमबार बनकट्टामा अवस्थित सभाहलमा नेकपा माओवादी केन्द्र शिवराज वडा न १ को आयोजनामा बसेको माओवादी केन्द्रको पार्टी नेता तथा अगुवा कार्यकर्ता प्रशिक्षण मुलक भेलामा सहभागीलाई प्रशिक्षण दिदै बरालले यस्तो बताउनु भएको हो ।
जनताको आधारभुत आवश्यकता र जातीय,लैङ्गिक विभेदको विरुद्ध आफ्नो प्राण दिएका र दिन तयार भएको माओवादीलाई अन्य पार्टीसंग तुलना गर्न नमिल्ने भए पनि पछिल्लो समय सबै आ-आफ्नो स्वार्थमा सिमित बन्दा जनताले शंका गरेको उहाको भनाई छ।
जनयुद्धको समयमा जनतामाझ रहेर जनताको सुख दुखमा संगै हातेमालो गर्दै आएको माओवादी लामो समय जनताको घरदैलो पुग्न नसक्नु ,विभिन्न पार्टीसंग मिलेर चुनाबमा जानुले माओवादीलाई पनि जनताले अन्य पार्टी सरह सम्झेको उहाको जिकिर छ ।
उहाले भन्नुभयो माओवादी अन्य पार्टी भन्दा फरक हो हुनु पर्छ नत्र माओवादी रहनु र नरहनुमा केहि फरक छैन ।
त्यसैले केन्द्रिय सर्कुलर बमोजिम पार्टीले संचालन गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा हाल केन्द्रिय नेताहरू समेत अहिले जनताको घर घरमा रहेका छन ।
माओवादीको नितृत्वमा सरकार बने पछि भएका राम्रो कामको चौतर्फी प्रसंशा भईरहदा,यही कुरा जनतालाई पनि बुझाउदै अब आउने निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सके मात्र जनताको वास्तविक समस्यको सम्बोधन हुने अध्यक्ष बरालले बताउनु भयो ।


प्रतिक्रिया