Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

स्थानिय उत्पादनको बजारीकरणका लागी अन्तरक्रिया

कपिलवस्तुको शिवराज नगरपालिकामा स्थानियहरुले उत्पादन गरेका सामाग्रीहरुको सहज बजार व्यवस्थापनका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्द्रेणी ग्रामिण विकास संस्थाको अयोजनामा शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा उत्पादन हुने सामाग्रहरुलाई कसरी बजारीकरण गरी आय आर्जनमा टेवा पुराउ सकिन्छ भन्ने विषयमा सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको हो ।


मेरो संस्कृति मेरो व्यवसा ,स्थानिय सिप,श्रोत तथा संस्कृतिको प्रर्बद्धन मार्फत महिला तथा युवाहरुको उद्यमशिलता विकास प्रर्वद्धन एवं बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोजक इन्द्रेणी ग्रामिण विकास संस्थाका कार्यक्रम संयोजक शंकर प्रसाद अधिकारीले संस्थाको परिय संगै ग्रामिण भेगका सिमान्तकृत तथा लक्षित बर्गको जीवनस्तर उकास्नका लागी गरिएका कार्यक्रमहरुका बारेमा जानकारी सहित सहजीकरण गर्नुभएको थियो । विजयनगर गाउँपालिकामा स्थानिय महिलाहरुले उत्पादन गरेको झोला र चुरापोते, शिवराज नगरपालिकामा उतपादन हुने दुनाटपरी र ढकिया ,माटाका भाडाहरुले बजार नपाएकोले उत्पादन गरेका सामानहरु विक्रि नहुदाँ अर्थोपार्जन नभएको सहभागिहरुले बताएका थिए ।
कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले स्थानिय रुपमा उत्पादन भएका सामाग्रीले बजारमूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा बजारीकरणमा समस्या भएको बताउनु भयो । उत्पादनमा पनि मूल्य धेरै लाग्ने हुदाँ विक्रि मूल्य बढी रहदाँ ग्राहकले स्थानिय सामाग्री खरिद नगर्ने समस्या रहेको उहाँले बताउनु भयो । सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न सिप मूलक तालिमहरुबाट स्थानियलाई व्यवसायिक बनाउने र संस्थाले कार्यक्षेत्रछाड्दा साथ समूहहरु नै निस्कृय हुने हुदाँ स्थानिय उत्पादनको व्यवसाय टिकाउ नभएको इङ्गित गर्नु भयो । कार्यक्रममा व्यापार संघ कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष जगत पौडेलले सिपमूलक तालिम लिएका स्थानियहरुको उत्पादनलाई स्थानिय तहले जिम्मा लिनु पर्ने बताउनु भयो । उत्पादन भएका सामाग्रीहरुको स्थानियतहले खरिद गरि बजार ब्यवस्थापन गरिदिए स्थानिय उत्पादनसंग जोडिएकाहरुको आर्थिक अवस्था उकासिने बताउनु भयो ।


कार्यक्रम शिवराज नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामगोपाल थारु, विजयनगर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दिनेश चौधरी, शिवराज नगरपालिका पशु शाखा प्रमुख धनेश्वर खनाल, बुद्धभूमि नगरपालिका कृषि शाखा प्रमुख , विजयनगर गाउँपालिका पशु र कृषि शाखा प्रमुख संगै स्थानियहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma