कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ द्वारा विभिन्न क्लब तथा बिद्यालयका खेलाडीलाइ खेलकुद सामाग्री बितरण गरिएको छ । वडाको आर्थिक वर्ष २०८०/ ८१ को खेल सामाग्री बितरण कार्यक्रम अन्तर्गत रु १ लाख बराबरको खेल सामाग्री बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो । वडाको वार्सिक कार्यक्रम अन्तर्गत वडाले हरेक वर्ष खेल सामाग्री बितरण गर्दै आइरहेको उहाँले जनाउनु भयो । खेल सामाग्री कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले वडा नम्बर ३ लाई खेल क्षेत्र अगाडि बढाउनका लागि खेलाडीहरुलाइ खेलसामाग्री बितरण गरिएको बताउदै आगामी केही दिनमा हुने नगर स्तरीय खेलमा वडाले पदक चुम्ने गरि खेल अभ्यास गर्न खेलाडीहरुलाइ आग्रह गर्नु भयो । वडाले फुटबल, भलिबल ,कृकेट, कराते ब्याड्मिन्ट्न लगाएतका समान वडा भित्र रहेका दर्ताबाल क्लब मनास्लु युवा क्लव मदवा,बुद्ध शक्ति कराते डोजो खरेन्द्रपुर , कटुवा युवा क्लब , नयाबस्तिमा रहेको दुर्गा भगवती माद्यामिक बिधालय, र आधारभुत विद्यालयका खेलाडीहरु लाई समान बितरण गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटाको अध्यक्षता, शिवराज नगरपालिकाका शिक्षा शाखामा कार्यरत शिक्षक, देव भारती, वडा सदस्य श्यामलाल थारु, झगी सुनार, बुद्दिकला भण्डारी , वडा सचिव रामफल चौधरी, समाजसेवी बलराम मरासिनी सुरज खासु लगाएतको आतिथ्यता रहेको कार्यक्रमको संचालन इन्जिनियर शिव पराजुलीले गर्नु भएको थियोे ।


प्रतिक्रिया