कपिलवस्तु -फाल्गुन १देखि ३गते सम्म हुने नेकपा माओवादी केन्द्रको बिधान अधिवेशनलाई सुझाव दिन शिवराज नगर समितिको बैठक बसि छलफल गरेको छ ।
बिहीबार पार्टी कार्यलय चन्द्रौटामा बसेको बैठकले वडा समितिबाट आएको प्रस्तावित मस्यौदा २०८०माथिको सुझावलाई लिखित रुपमा पठाउने निर्णय गरेको छ
बैठकले कार्यबाहक अध्यक्ष चिन्ता परियारले दिएको राजिनामा स्वीकृत गर्दै उक्त स्थानमा उपाध्यक्ष सीता बुढाथोकीलाई चयन गरेको छ भने उपाध्यक्षमा चुर बहादुर खड्का ,र प्रकाश पौडेललाई मनोनीत गरेको छ ।
नगरसमिती उपाध्यक्ष सीता बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनयुद्ध दिवस र सहिद सप्ताहमा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ ।
नगर समिती सचीव रबिन्द्र बुढाथोकीले संचाललन गर्नु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नगर ईन्चार्ज दिनेश पुन ,प्रदेश सदस्य रामविलास यादव ,प्रदेश परिषद सदस्य प्रकाश रोका ,लगायतको उपस्थिती समपन्न भएको हो ।


प्रतिक्रिया