Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

अक्शफोर्ड इङ्लिस बोडिङ स्कुलको वार्षिक उत्सव तथा परिक्षाफल प्रकाशन

नवराज पौडेल कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ३ मा रहेको अक्शफोर्ड इङ्लिस बोडिङ स्कुलको प्रथम वार्षिक उत्सव तथा वार्षिक परिक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार एक भव्य कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिती अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षता तथा शिवराज नगरपालिकाका उप प्रमुख शिवकुमारी थारुको आतिथ्यतामा सम्पन्न भएको हो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी अभिभावक शिक्षक शिक्षिकालाई सम्मान सहित पुरस्कृत गरिएको निर्देशक नारायण भण्डारीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि उप प्रमुख शिवकुमारी थारुले स्थापनाको पहिलो वर्षमै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै विद्यालयको शिक्षा बिकास व्यवस्थापन तथा आवश्यक विभिन्न कुराहरुमा सहकार्य सहितको सहयोग गर्ने बताउदै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावक को सल्लाह अनुसार बिद्यालयमा शैक्षिक सुधार गर्ने प्र. दिनेश भट्टराईले बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी पत्रकार बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक लगायत विद्यार्थीहरुको भव्य सहभागी रहेको थियो । थियो भने कार्यक्रम तुल्सी भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma