Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

स्वयमसेवक शिक्षकद्धारा मेयर थापालाई ५ बुदे माग पत्र

नवराज पौडेल
स्वयमसेवक शिक्षक संघले शुत्रबार आफ्ना ५ बुदे मागपत्र शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापालाई बुझाएको छ । आफना माग पुरा गर्न माग गर्दै ५ बुदे मागपत्र बुझाइएको संघका अध्यक्ष नारायण घिमिरेले जानकारी दिनुभएको छ ।
नगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा मार्फत स्वयसेवक शिक्षकको तलव वृद्धि गर्नुपर्ने, विद्यालयमा गरिने वर्गीय असमानता र भेदभावको अन्त्य गरिनुपर्ने,संघिय शिक्षा ऐनले प्रदान गर्ने पोशाक भत्ता समान रुपमा भुक्तान गर्ने व्यावस्था गर्नुपर्ने, नगरपालिकाले नगरमा शिक्षक भर्ना गर्दा संघिय तलब स्केल र संघिय नामाकरण गरि नगर अनुदान शिक्षक नामाकरण गरिनुपर्ने र नगर शिक्षकको स्थायित्वका साथै भविष्य सुनिचित गरिनुपर्ने लगाएका माग राख्दै नगर प्रमुख थापालाई माग पत्र बुझाएको जनाइएको छ । संघले नेपाल शिक्षक महासंघ शिवराज नगरसमिती, नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समिती , नेपाल शिक्षक संघ नगर समिती, एकीकृत अखिल नेपाल शिक्षक संगठन,र अखिल नेपाल राष्ट्रिय शिक्षक संघ क्रान्तीकारी नगर समिती अध्यक्षलाई समेत बोधार्थ पठाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma