कपिलवस्तु , मंसिर २३
भारतीय रेल राज्य मन्त्री श्री रवनीत सिंह बिट्टू र नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य अभिषेक प्रताप शाहबीच महत्वपूर्ण भेटघाट भएको छ। बढनीमा रेल बिभागद्वारा आयोजित एक कार्यक्रममा भएको भेटमा नेपाललाई भारतसँग रेलमार्गबाट जोड्ने पहललाई अघि बढाउन विशेष जोड दिइएको छ।
नेता शाहले नेपाल र भारतबीचको सुदृढ सम्बन्धलाई थप प्रगाढ बनाउन रेल सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री बिट्टूलाई सो विषयमा पहल गर्न अनुरोध गरे। यसले नेपाल र भारतबीच व्यापारिक तथा पर्यटकीय सम्बन्धलाई विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
भेटघाटका क्रममा सीमाक्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। दुई पक्षबीच आपसी समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउनका लागि साझा रणनीति अपनाउने सहमति भएको छ। मन्त्री र नेता शाहको भेटले नेपाल–भारत सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया