Developed By Kuldeep Sharma

१२ महिना अगाडि

शिवगढी सहकारी संस्थाको ४६औं साधारण सभा सम्पन्न

कपिलवस्तु – शिवगढी सहकारी संस्थाको ४६औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अनुरुद्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा गत आर्थिक वर्षको आयव्यय प्रस्तुत गरिँदै रु १ करोड ७ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष मेहताब आलम खाँले सहकारीले कृषकहरूलाई मल वितरण गरेर सहजता प्रदान गरेको उल्लेख गर्दै संस्थाको योगदानको प्रशंसा गरे।

त्यसैगरी, वडा नं. ७ का अध्यक्ष अनुप कुमार चौधरीले सहकारीलाई आत्मनिर्भरता र पारदर्शितासँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले देशभर सहकारीहरूलाई ठगीका रूपमा हेरिनु दुःखद भएको बताउँदै यस्तो धारणा चिर्न सहकारी संस्थाहरू आफैं पारदर्शी हुनुपर्ने सुझाव दिए।

कार्यक्रममा समाजसेवी कृष्ण कुमार चौधरीले विशिष्ट अतिथिको रूपमा सहभागिता जनाए। स्वागत मन्तव्य तुलसीराम छिपीले राखेका थिए।

कार्यक्रमले सहकारीको पारदर्शिता र आत्मनिर्भरता प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma