शिवराज नगरपालिका वडा नं. १ मा निशुल्क आँखाको शिविर सम्पन्न भएको छ । शिविर शिबराज नगरपालिका र छन्द कालेबावु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको समन्वयमा सञ्चालन गरिएको थियो । शिविर उद्घाटनमा नगर प्रमुख अजय थापा, उपप्रमुख शिव कुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, नारायणी आँखा अस्पतालका प्रमुख प्रशासकिय जसराज विश्वकर्मा लगायत समाजसेवी, स्वास्थ्यकर्मी, र जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शिविरमा ४०१ जनाले आफ्नो आँखा जाँच गराएका थिए । जसमध्ये ९० जनालाई चश्मा वितरण गरियो भने ४३ जनाको अपरेशन गर्नुपर्ने अवस्था देखिएको वडा अध्यक्ष खिम विक्रम केसिले बताउनुभयो । शिविरले स्थानीय नागरिकहरूलाई सहज रूपमा आँखा उपचारमा सहयोग पुर्याएको छ । शिबराज नगरपालिका नगर प्रमुख अजय थापाले शिविरलाई निरन्तरता दिने सबै वडामा गरिने प्रतिवद्धता जनाउँदै यो अवसरलाई उपभोग गर्न नगरवासिलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया