Developed By Kuldeep Sharma

९ महिना अगाडि

समाज सुश्चित गर्न बरघरको महत्त्वपूर्ण भुमिका : थापा

शिवराज नगरपालिकाका मेयर अजय थापाले बरघरले समाज नगर प्रमुख अजय थापाले समाज सुसुचित गर्न बरघरको महत्त्वपूर्ण जिम्मेवारी रहने बताउनुभयो ।

शिवराज नगरपालिका–१, उमरी थारु सङ्ग्रहालयमा सोमबारबाट सुरु भएको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै बरघर प्रथा थारु समुदायको महत्त्वपूर्ण पक्ष रहेको बताउँदै उनीहरूको क्षमतामा विकास भए समुदायलाई प्रभावकारी हुने बताउनुभयि । पछिल्लो समय थारु समुदायको बालबालिकाहरूले विद्यालय छाड्ने क्रम बढेको उनले जनाए । मेयर थापाले बरघर चलनको विगतका दिनलाई स्मरण गर्दै समाज व्यवस्थित ढंगाले परिचालन गर्न बरघरले सराहनीय भूमिका रहेको उनको भनाइ छ ।

शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिमविक्रम केसीले क्षमता विकास तालिम प्रभावकारी हुने बताउनुभयो। शिवराज क्षेत्रका ३४ गाउँका वर्गरहरूको उपस्थिति रहेको थारु कल्याणकारीणी सभा शिवराज नगर कार्य समितिका सभापति प्रकाश चौधरीले बताउनुभयो । तालिम दुई दिन सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma