
कपिलवस्तु । शिवराज नगरपालिकाभित्रका २३ संस्थागत (निजी) विद्यालयहरूले यस शैक्षिक वर्ष २०८२ मा ८५१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्।
नगरपालिका ऐन बमोजिम निजी विद्यालयहरूले विपन्न, जेहेन्दार तथा आवश्यकताअनुसार छनोट गरिएका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएका हुन्। विद्यालयहरूले छात्रवृत्ति वितरणमार्फत दुई करोड रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेका छन्।
शिवराज नगरपालिकाका प्रमुख अजय थापाले छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूलाई शिक्षामा सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “शिक्षा सबैका लागि समान अवसर हुनुपर्छ। यस प्रकारका पहलहरूले विपन्न र योग्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्छ। नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।”
प्याव्सन कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तोयनाथ गैरेले विगतदेखि नै विद्यालयहरूले छात्रवृत्ति वितरण गर्दै आएको उल्लेख गर्दै, हाल नगरपालिकाले ऐन बनाएपछि प्रक्रिया अझ सहज भएको बताए। उनका अनुसार छात्रवृत्तिका कारण जेहेन्दार र विपन्न परिवारका विद्यार्थीहरूलाई अध्ययनमा सहजता आएको छ।


प्रतिक्रिया