कपिलवस्तुमा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का जिल्ला अध्यक्ष राम निवास पुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।
पुरीलाई रास्वपाका केन्द्रीय जनसम्पर्क विभाग सदस्य मिर्जा रासिद बेग तथा जिल्ला सभापति शिव कुमार सुबेदी लगायतले पार्टीमा स्वागत गर्नुभएको हो ।
बिजयनगर गाउँपालिका–३ निवासी पुरी स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ । लामो समयदेखि विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका पुरीको प्रवेशले रास्वपालाई जिल्लामा थप बल पुग्ने विश्वास गरिएको छ।
यसैबीच, रास्वपा कपिलवस्तु जिल्ला समितिले पुरीलाई जिल्ला कोषाध्यक्षको जिम्मेवारी समेत दिएको जिल्ला सभापती सुवेदिले बताए । पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको थियो।


प्रतिक्रिया