जनता समाजवादी पार्टी भित्रको आन्तरिक विवाद जिल्ला स्तरमा समेत पुगेको छ । कपिलवस्तुका उपाध्यक्ष रामनिवास पुरी बावुराम भट्टराई पक्षमा खुलेका छन् । उनले एक बिज्ञाप्ती जारी गर्दै आफु बावुराम भट्टराई तर्फ रहेको बताएका छन् ।
देशमा गत बैशाख ३० गतेका दिन भएको स्थानीय तहको निर्वाचन २०७९ मा जिल्ला नेतृत्वले यश जिल्लाका प्रायः सबै जसो स्थानमासामन्यतया आफ्नो जातीको र बिशेषत रुपैयाँको झोला बुझाउन सक्ने मानिस हरु खोजि खोजि टिकट बितरण गरेको भन्दै विरोध गरेको जनाएका छन् ।
राजनैतिक प्रबेश तत्कालीन नयाँ शक्ति पार्टी नेपाल का संयोजक डा. बाबुराम भट्टराईले प्रस्तुत गर्नु भएको र सुरु गर्नु भएको बैकल्पिक राजनीतिको अभियान सङ्गै भएको र त्यो पार्टीको सिद्धान्त प्रति दिलै देखि सहमत भइ बिबेक सम्मत लागेको एउटा अभियान्ताको हैसियतले अहिले पनि त्यो अभियानमा अझै सक्रियता पुर्बक लागि रहेको कुरा सर्ब बिदित्तै उल्लेख छ ।
विज्ञाप्तीमा भनिएको छ ‘पार्टीका संघिय परिषद का अध्यक्ष डा. बाबुराम भट्टराईले समेत उक्त पार्टी संङ्ग निर्णायक रुपमा समन्ध बिच्छेद गरि नयाँ परिस्थितिमा नयाँ ढङ्गले तत्कालीन नयाँ शक्ति पार्टी नेपाल ले अगाडि सारेको पाँच स को सिद्धान्तको रक्षा र बिकास का निम्ति क्रान्तिकारी झण्डा उठाउनु भएकोले मेरो पुर्ण र सक्रिय समर्थन रहेको कुरा यसै प्रेस बिज्ञप्ती मार्फत आम जनसमुदायमा स्पष्ट गर्न चाहान्छु।


प्रतिक्रिया