काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष चयन गर्ने भएको छ।
बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गर्ने भएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए। उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पारे।
त्यस्तै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमै पदाधिकारीको टुंगो लाग्ने बताए। नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरू चयन हुन ढिला भएको बताए।
उनले भने, ‘अहिले स्थायी समिति ४१ सदस्य हुने भयो। पोलिटब्यूरो १२५ र ३१ जना वैकल्पिक गरेर पोलिट ब्यूरो बनेको छ। पदाधिकारीको सन्दर्भमा केही दिनभित्र अहिलेका कुरालाई टुंग्याइनेछ। केन्द्रीय समितिले पूर्णता पाउन ढिला भएको थियो। सबै छान्ने जिम्मा अध्यक्ष र पहिलेको स्थायी कमिटीका सदस्यहरूलाई अध्यक्षलाई सहयोग गर्न भनिएको छ।’
नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकाले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वभाविक रहेको दाबी गरे।
पोलिटब्यूरो सदस्यहरूः
पुष्पकमल दाहाल
नारायणकाजी श्रेष्ठ
कृष्णबहादुर महरा
गिरिराजमणि पोखरेल
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
पम्फा भुसाल
चक्रपाणि खनाल
मातृका यादव
दीनानाथ शर्मा
हितराज पाण्डे
उर्मिला अर्याल
सुरेन्द्र कार्की
नारायण दाहाल
सन्तु दराई
गणेशमान पुन
हितबहादुर तामाङ
कालीबहादुर मल्ल
कमला रोका
झक्कु सुवेदी
हरि अधिकारी
सुरेश राई
शशि श्रेष्ठ
प्रह्लाद बुढाथोकी
रेखा शर्मा
जोखबहादुर महरा
खगराज भट्ट
टेक बस्नेत
महतेश्वर गहतराज
अञ्जना विशुंखे
राजु खड्का
कृष्णध्वज खड्का
शिवकुमार मण्डल
रामकुमार यादव
मायाप्रसाद शर्मा
सुरेश आले
अमृता थापा
सूर्य सुवेदी
महेश्वर दाहाल
दिलीप प्रजापति
इन्द्र आङ्बो
लक्ष्मण पन्त
लेखनाथ न्यौपाने
जगत यादव
रामेश्वर राय
परशुराम तामाङ
देवेन्द्र पौडेल
गणेश शाह
सुनील मानन्धर
देवेन्द्र पराजुली
कल्पना धमला
सीता पोखरेल
अजम्बर कामबाङ
पदम राई
ओनसरी घर्ती
बलावती शर्मा
प्रकाशहरि पोखरेल
दीपेन्द्र पुन
सत्य पहाडी
अच्युतम काफ्ले
सन्तकुमार चौधरी
नेपबहादुर चौधरी
रेनु दाहाल
देवराज रेग्मी
केशव नेपाल
बिना मगर
रमेश मल्ल
युवराज चौलागाईं
युवराज दुलाल
हेमराज पोखरेल
निर्मल आचार्य
रामप्रसाद सापकोटा
माधव सापकोटा
अजयशंकर नायक
अमर तमु
सुशीला सिम्खडा
किसन शर्मा
बालकृष्ण गैरै
कुमारी मोक्तान
रूपा चौधरी
रामकुमार शर्मा
धर्मशीला चापागाईं
ओम शर्मा
रामदीप आचार्य
वसन्त घर्ती
राजन दाहाल
टीका बुढाथोकी
शालिकराम जमकट्टेल
विमला सुवेदी
गोपाल शर्मा


प्रतिक्रिया