Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

कास्की – नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक स्थगित भएको छ ।

बजेटमाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले टुक्रे बजेट बाँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् अवराेध गरेकाे बताउनुभयाे । बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको उहाँकाे भनाइ छ ।

बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहनुभएकाे छ । बिहीवार पनि सूचना टाँस गरी संसद् बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma