बुटवल – शनिबार बुटवलमा भएको लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघको दोश्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट निरविरोध रुपमा रितमान कामु मगरको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्ष गिता क्षेत्री, नवराज खरेल, सचिव बिक्रम बाँठा मगर, कोषाध्यक्ष राजन रसाईली, सदस्यहरुमा जमालुदिन शेख, श्याम बहादुर गाहा मगर, राकेश सिंह रायमाझी, कृष्ण प्रसाद बाँठा मगर, विजय पून मगर, भिम ज्ञवाली, राकेश मगर, गिर बहादुर घर्ति मगर निर्विरोध चयन हुनुभएको छ ।
लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघको बरिष्ठ उपाध्यक्ष रितमान कामु मगरको अध्यक्षता र भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो
।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव श्री जयप्रकाश भट्टराई, नेपाल आईटिएफका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संघका अध्यक्ष श्री निर बहादुर सारु, केन्द्रीय सदस्य श्री प्रेम कामु मगर, नवीन औधोगीक कदर बहादुर रीता मा। वि। का प्रिन्सिपल श्री प्रेम बहादुर बस्नेत ज्यू लगायत अन्य अतिथि ज्यूहरु, सम्पूर्ण जिल्ला प्रमुख, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया