Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्रचण्ड आज भारत जाने, भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिँदै

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जादै हुनुहुन्छ ।

चिनियाँ उच्चस्तरीय टोली चारदिने नेपाल भ्रमण सकेर फर्केलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिल्ली यात्रामा निस्किन लाग्नु भएको हो ।
सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा दाहाल शुक्रबार दिल्ली जान लाग्नु भएको हो ।

दाहालको भ्रमण माओवादी–भाजपा सम्बन्ध सुधारमा केन्द्रित हुने औपचारिक जानकारी दिइए पनि सत्ता गठबन्धनको निरन्तरतासँग समेत जोडिएको स्रोतले जनाएको छ ।

भारत भ्रमणमा रहदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता गर्ने तय भएको छ । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ।
यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।

प्रधानमन्त्री पत्नी आरजु देउवा राणासमेत दिल्लीमा रहेका बेला हुन लागेकाले दाहालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma