दिपक के.सी.
असार ३१, कपिलवस्तु
कसिपलवस्तुको कृष्णनगर नगरपालिकाको आठौं नगर सभा विहिबार समापन भएको छ । असार १० गतेबाट सुरु भएको आठौं नगर सभा विहिबार बजेट घोषणा संगै समापन भएको हो ।
नगरपालिकाको आठौं नगर सभाको दोस्रो बैठकले आ.व.०७९÷८० का ७६ करोड ३२ लाख ४५ हजारको बजेट पास गरेको छ । सभालाई सम्बोधन गर्दै नगर प्रमुख रजत प्रताप शाहले सो बजेट प्रस्तुत गर्नु भएको हो । नगरमा संघिय सरकारबाट शर्शत कार्यक्रम चालुमा रु. २४ करोड ९९ लाख , पुजिगत ५ करोड ६४ लाख र प्रदेश सरकारको शर्शत चालु रु. १ करोड ८० लाख र पुजिगत २ करोड साथै जिल्ला समन्वयबाट पुजिगत रु. ३ करोड को बजेट प्रस्तुत गर्नु भएको थियो ।

नगरपालिकामा विनियोजित तथा बाडफाड गर्ने बजेट मध्ये नगरस्तरिय विषयगत शाखा समेत चालु खर्च रु. १७ करोड ७६ लाख ५९ हजार ७५० र पुजिगत खर्च रु. १० करोड ९२ लाख ८५ हजार २५० रहेको छ । नगरको १२ वटा वडामा चालु खर्चमा रु.६ करोड १५ लाख र पुजिगत खर्च ४ करोड ५ लाख अनुमान गरेको छ । नगरपालिकाले कार्यालय संचालन र प्रशासनिक खर्चका लागि वडा स्तरीय रु. १ करोड २० लाख र नगर स्तरीय खर्च रु. १० करोड ५२ लाख विनियोजित गरेको छ ।
नगरपालिकाले आन्तरिक आयतर्फ विभिन्न स्रोतबाट २ करोड १५ लाख अनुमानित आय राखेको छ । जसमा एकीकृत सम्पति करबाट २० लाख, भूमिकर÷मालपोतबाट १ लाख, घरबहाल कर १० लाख, व्यवसायले भुक्तान गर्ने २० लाख, नक्सापास दस्तुर ९ लाख, सिफारिस दस्तुर ६५ लाख, अन्य दस्तुर भारतिय सवारी बेरियर सेवा शुल्क १ करोड रहेको नगर प्रमुख शाहले बताउनु भयो । यस्तै राजश्व बाडफाड बाट प्राप्त हुने रकम अन्तरगत मूल्य अभिवृद्धि कर १३ करोड २१ लाख ४१ हजार, सवारी साधन कर १ करोड ४२ लाख ९४ हजार, दहत्तर बहत्तर विक्रीबाट प्राप्त आय २५ लाख रहेको छ । जिल्ला समन्वय समितिबाट ३ करोड संघिय सरकार बाट समानीकरण अनुदान १८ करोड २२ लाख, शर्शत अनुदान चालु २४ करोड ९९ लाख, शर्शत अनुदान पुजिगत ३ करोड २४ लाख। विशेष अनुदान पुजिगत १ करोड ४० लाख र समपुरक पुजिगत १ करोड प्रदेश सरकार मार्फत समानीकरण अनुदान १ करोड ३ लाख १ हजार, शर्शत अनुदान चालु १ करोड १० लाख विषेश अनुदान चालु ७० लाख, समपुर अनुदान पुजीगत २ करोड गरी आ.व. ०७९÷०८ का लागी कुल ७६ करोड ३२ लाख ४५ हजारको बजेट नगर प्रमुख शाहले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकालले नगरपालिकामा विभिन्न चुनौतिहरुको रहेको उल्लेख गर्नु भयो । नगरमा शिक्षा, स्वास्थ्य , पेशा व्यवसाय , बेरोजगार, फोहोर मैला व्यवस्थापन, सार्वजनिक सम्पति अतिक्रमण , डुबान, सिमति आयस्रोत भएका कारण एकै पटकमा सबै क्षेत्रलाई समेटन नसकेपनि नगरको समृद्धिका लागि आधारभूत कुराहरुलाई बजेटमा प्राथमिकतामा राखिएको बताउनु भयो ।


प्रतिक्रिया