Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चन्द्रौटा–कृष्णनगर सडकको ८० प्रतिशत काम पुरा,पाँच महिनाको लागि म्याद थप

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर चार लेन सडक निर्माणको ८० प्रतिशत काम पुरा भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा म्याद थप गरी काम गर्दै आएको छ । २०७५ साल माघ बाट सुरु भएको सडक निर्माणको काम तोकिएको समयमा काम सम्पन्न नहुँदा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । पहिलो पटक २०७८ जेठमा,दोस्रो पटक २०७८ मङ्सिरमा र तेस्रो पटक २०७९ असारमा म्याद थप गरिएको योजना परामर्श सेवाका ईन्जिनिरयर रेसमलाल श्रेष्ठले बताउनुभयो । कोरोनाका कारणले ६ महिना तथा नयाँ स्टिमेट डिजाइन गर्दा ६ महिना गरी १ वर्ष म्याद थप गरिएको थियो । पछिल्लो समय पुनः पाँच महिना म्याद थप गरिएको छ ।
थप भएको म्याद अवधि सम्म पुरा हुने गरी काम गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । ‘अहिले सम्मको अवस्था हेर्दा ८० प्रतिशत काम सकिएको छ,अब केही काम मात्र वाकी छ’ उहाँले भन्नुभयो, ‘सडकलाई सुरक्षित र व्यवस्थित बनाउने काम भइरहेको छ, ।’विभिन्न कारणले तोकिएको समयमा काम गर्न नसकेको निर्माणको जिम्मा पाएको कालिका जेभि कम्पनीका नविन गुरुङले बताउनुभयो । काम सुरुवात गर्दा देखि नै लकडाउन भएकोले र पछिल्लो समय वर्षातका कारणले काम पुरा नभएको बताउनुभयो ।

कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर निर्माणाधिन चारलेन सडक

‘अब एक किलोमिटर सडक कालोपत्रे तथा नालीलाई व्यवस्थित गराउन वाकी छ, मौसमले साथ दिए सम्म दसैँ सम्म काम सम्पन्न हुने छ, गुरुङले भन्नुभयो, । करिब एक घण्टा लाग्ने सडक चार लेन बनेपछि चन्द्रौटा देखि कृष्णनगर यात्रा गर्दा आधा घण्टामा पुग्न सकिन्छ । चन्द्रौटा देखि कृष्णनगर २० किलो मिटर र कृष्णनगर बजारको ८ किलोमिटर सडक कालोपत्रे पनि यसै योजनामा समावेश गरिएको छ ।
बजार क्षेत्रमा नाली निर्माण सम्पन्न भएको छ भने नालीको ढक्कन लगाउन वाकी छ । कृष्णनगर क्षेत्रमा अझै एक किलो मिटर सडक कालोपत्रे गर्न पनि वाकी छ । सडकको बिचमा डिभाइडर निर्माण गरिएको छ । निर्माणाधीन सडक क्षेत्रमा दुई वटा ठुला पुल निर्माण गर्नुपर्ने भए पनि यो योजनामा समावेश छैन । सडक सुधार विकास आयोजना अन्तर्गत ८६ करोड लागतमा बाटो निर्माण भइरहेको छ । सडक सुधार विकास आयोजना र एक्जिम बैंक भारतबिच सडक बनाउने सम्झौता अनुसार सडक निर्माण थालिएको हो । ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपाली निर्माण कम्पनी हो । दिनेशचन्द्र जेभी भारतीय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma