कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चोरी तस्करी गरी ल्याइँदै गरेका ८१ राँगा पाडा र ७० वटा खसीलाई नियन्त्रणमा लिएको छ । वडा नं. १ र ६ का विभिन्न क्षेत्रबाट शुक्रबार बिहान करिब २ बजे राँगा पाडा र खसीलाई नियन्त्रणमा लिइएको भन्सारका कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो।
अवैधरुपमा चोरी तस्करी गर्न लागिएका राँगा पाडा र खसीबोकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइहेको उहाँले बताउनुभयो । खसि राँगालाई लिलामिको प्रकृयामा लगिएको छ । उक्त राँखा खसि ल्याउने व्यक्ति फरार रहेकोले खोजि कार्यभइरहेको बताइएको छ ।


प्रतिक्रिया