Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सीमा क्षेत्रको तमासा : होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेक्स

माधव बेल्वासे
कपिलवस्तु ७ साउन
सरकारले भारतसँग जोडिएका नाकामा होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारत वाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेश विन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसिआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नको लागि १ हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।

सरकारले निर्माण गरेको होल्डिङ सेन्टर,यो अहिले प्रयोग विहिन छ

२०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले ८ वटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । झापाको काकरभिट्टा,मोरङको रानी,पर्साको वीरगन्ज,रुपन्देहीको बेलहिया,कपिलवस्तुको कृष्णनगर,वाकेको जमुना,कैलालीको गैरिफन्टा र कन्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् । कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरिएको हो ।
होल्डिङ सेन्टर निर्माणको काम पुरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । निर्माणको काम सम्पन्न भएको ६ महिना बिते पनि सञ्चालन नहुँदा सीमा नाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ । कृष्णनगरमा छाप्रो नजिकै ६ सय बेडको होल्डिङ सेन्टर छ भने सीमा देखि १ किलोमिटरको दुरीमा शिवानगरमा ४ सय बेडको होल्डिङ सेन्टर छ । होल्डिङ सेन्टर सञ्चालनको लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार कुमार मिश्रले बताउनुभयो । ‘सीसीएमसीसीको निर्णय अनुसार सञ्चालन हुनेछ, अहिले सम्म कुनै जानकारी छैन, मिश्रले भन्नुभयो, ‘स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना छ,हस्तान्तरणको काम पनि भएको छैन, ।’
कोरोना महामारीको चौथो लहर सुरु भइसकेकोले होल्डिङ सेन्टर सञ्चालनको लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताउनुभयो । ‘होल्डिङ सेन्टर अति आवश्यक छ, तर सञ्चालनको गर्न स्थानीय तहलाई समस्या छ, शाहले भन्नुभयो,े ‘केन्द्र प्रदेशले यस विषय गम्भीर हुन आवश्यक छ, ।’
कृष्णनगर नगरपालिकाले एक छाप्रो निर्माण गरी भारत वाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गरिरहेको छ । कोरोनाको पोजेटिभ रिपोर्ट आउनेहरूलाई पनि सिधै घर पठाउन स्वास्थ्यकर्मीहरू बाध्य छन् । केही समय कोरोना महामारी कम भए पनि पुनः सङ्क्रमित बढ्न थालेपछि सीमा नाकामा कडाइका साथ जाँच सुरु गरिएको छ । अहिले दैनिक ५० देखि १ सय जना नेपालीहरूको जाँच हुने गरेको स्वास्थ्यकर्मी पंकज गुप्ताको भनाई छ ।

भारत वाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गर्न निर्माण भएको छाप्रो

‘टेन्टले बेरिएको छाप्रोमा बसेर चेकजाँच गरेका छौ,सुरक्षाको दृष्टिकोणले अति संवेदनशील छ, गुप्ताले भन्नुभयो, ‘भारत वाट आउनेहरूको भिडभाड र जाँचको लागि क्षेत्र काम हुँदा असहज छ, ।’ पछिल्लो केही दिन देखि दैनिक सङ्क्रमित देखिन थालेको गुप्ताले बताउनुभयो । ‘नजिकै रहेको होल्डिङ सेन्टर खालि छ, हामी यहाँ असहज हुँदा हुँदै पनि काम गरिरहेका छौ, गुप्ताले भन्नुभयो, ‘होल्डिङ सेन्टर सञ्चालन भएर सङ्क्रमितहरूलाई पनि सुरक्षित साथ राख्न सकिन्थ्यो, ।’ भारत वाट नेपाल आउनेहरू मध्ये गत जेठ महिनामा ११ जना, असार महिनामा ४७ जना र साउन महिनाको ५ दिनमै २० जना सङ्क्रमित फेला परेका छन् । यसरी हेर्दा साउन महिनामा सङ्क्रमितको सङ्ख्या उच्च हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma