Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज ९ मा राप्रपाको वडा समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीको शिवराज नगरपालिका वडा ९ मा वडा समिति गठन भएको छ । शनिवार भएको वडा भेलाले चन्द्र बहादुर कुवरको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको नगर अध्यक्ष चित्र बहादुर केसी(शंकर)ले बताउनुभयो । जसको उपाध्यक्षमा सरिता विक,भोज बहादुर सुनार,मंगल चौधरी,सचिवमा चन्द्र प्रकाश डागि,सह सचिवमा शिव चौधरी,सिर्जना विक,कोषाध्यक्षमा मायालु चौधरीलाई चयन गरिएको छ ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य अजय थापाले राप्रपा प्रति नागरिकहरुको आर्कषण बढेको बताउनुभयो । पार्टीका एजेण्डाका कारण जनतालाई राप्रपालाई विश्वास गर्ने वातावरण सिर्जना भएको बताउनुभयो । कार्यक्रममा क्षेत्रिय प्रदेश अध्यक्ष नारायण प्रसाद गिरि लगाएतका नेताहरुले नगरका सबै वडामा संगठन विस्तार हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma