Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपाल सिन्दोकाइ कान कराँते संघको अध्यक्षमा खड्का

नेपाल सिन्दोकाइ कान कराँते संघको अध्यक्षमा सविन खड्का र महासचिवमा जगत बहादुर धामीलाई सर्वसहमतिमा चयन गरिएको छ।

किर्तिपुरमा भएको पाँचौ बार्षिक साधारण सभाबाट खड्का र धामीलाई चयन गरिएको हो। त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिनेश महर्जन, उपाध्यक्षमा विरबहादुर कडायत, सरस्वती श्रेष्ठ, गंगा खड्का, यमुना प्रसाद काफ्लेलगायतको २१ सदस्यीय कार्य समिति रहेको छ। अन्तर्राष्ट्रिय समन्वयको लागि प्रशिक्षक कुशुम कुमार पौडेल रहेका छन्।

कराँतेबाट देशलाई चिनाउने गरि खेलाडी उत्पादन र प्रशिक्षण लगाएतका कामहरुलाई प्राथमिकताका साथ अगाडि बढ्ने नवनिर्वाचित खड्काको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma